आज: २०८३ श्रावण ३०, शनिबार | Sat, 15, Aug, 2026

आकस्मिक कक्षमा शैया अभावले एम्बुलेन्समै बिरामीको मृत्यु

२०८३ श्रावण ३०, शनिबार मा प्रकाशित ( २३ सेकेण्ड अघि) ० पाठक संख्या
नारी बाटिका


नारी वाटिका डटकम
काठमाडौं -३० साउन ।

सातै प्रदेशमा संन्चालित सरकारकारी तथा निजी अस्पतालहरुमा नपाएको सुविधा तथा नभएको उपचारका विशेषज्ञ हरुले काम गर्ने देशभरका ठूलो सरकारी स्वास्थ्य संस्था शिक्षण अस्पताल, महाराजगञ्जको आकस्मिक कक्षमा शैया अभाव ह.अभावकै कारण बिरामीको एम्बुलेन्स मै मृत्यु हनु चानचाने कुरा होईन ।

सुक्रबार उपचारका लागि काठमाडौं ल्याइएका एक बिरामीको एम्बुलेन्समै मृत्यु भएको घटनाले सरकारी अस्पतालको आकस्मिक सेवा व्यवस्थापनमा गम्भीर प्रश्न उठाएको हो ।

मोरङका ४५ वर्षीय डोलबहादुर थापाको उनकै जिल्लामा भएका अस्पतालमा उपचार गरी थप उपचारका लागि शिक्षण अस्पताल राजधानी ल्याइएको त्यहाँ आकस्मिक कक्षमा तत्काल शैया उपलब्ध हुन नसकेपछी उनको एम्बुलेन्समै छट्पटिएर मृत्यु भएको थियो । बिरामीको मृत्युपछि उनका आफन्तले शिक्षण अस्पतालमा शैया नपाएकै कारणले ज्यान गएको भन्दै अस्पताल परिसरमा नाराबाजी गरेका हुन् ।

नियमित डायलिसिस गराइरहेका मिर्गौला रोगी थापालाई अचानक स्ट्रोकको समस्या देखिएर थप उपचारगर्न त्रिवि शिक्षण अस्पताल ल्याइएको भएपनि अस्पतालमा आकास्मिक शैया नभएका कारण बिरामीको उपचार नै हुन नपाई लगेकै एम्बुलेन्समा मृत्यु भएको हो ।

अस्पताल प्रशासनका अनुसार बिरामीलाई ल्याइएपछि उनका आफन्त आकस्मिक कक्षको ‘रेड एरिया’ मा पुगेका र त्यसबेला आकस्मिक कक्षमा भएका सबै शैया भरिएकोले तत्काल बिरामीलाई भर्ना गर्ने अवस्था नभएको भन्दै चिकित्सकले केही समय पर्खेर शैया व्यवस्थापन गरिने जानकारी दिएको अस्पतालका प्रवक्ता डा. गोपाल सेढाईंको भनाई छ ।

प्रवक्ता सेढाईंका अनुसार– ‘त्यसै समयमा आकस्मिक कक्षमा एउटा पनि बेड खाली नभएको चिकित्सकले केही समय दिनुहोस्, बेड व्यवस्थापन गर्छौँ भनेर आग्रह गर्नु भएको थियो । तर बिरामीका आफन्तले उहाँलाई अर्को अस्पताल, केएमसी लैजान्छौँ भनेपनि बिरामीलाई एम्बुलेन्समै राखिएको थियो ।

त्यसपछी अ. १० देखि १५ मिनेटमा बिरामीको अवस्था गम्भीर बनेर एम्बुलेन्समै मृत्यु भएको थियो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस