
नारी बाटिका डट्कम
मकवानपुर,वागमति प्रदेश -२६ कात्तिक ।
मकवानपुरको भीमफेदी गाउँपालिका–६ कुलेखानीमा ईभी गाडी दुर्घटना हुँदा १० जनाको मृत्यु भएको छ साथै घटनामा ६ जना घाइते भएका छन्।
आज बिहान करिब ६ बजेर १०मिनेटको समयमा काठमाडौंबाट भीमफेदीतर्फ आउँदै गरेको मधेस प्रदेश ०३–००१ ज ०८८० नम्बरको ईभी गाडी सडकबाट अ. ६०० मिटर तल खसेर दुर्घटना भएको हो।
दुर्घटनामा सशस्त्र प्रहरी बल, नेपाल नं.१४ गण मकवानपुरको भीमफेदीस्थित कारागार सुरक्षा बेस र कुलेखानीका सुरक्षा बेसबाट सशस्त्र प्रहरी नायब उपरीक्षक देवेन्द्रबहादुर सिंह र सशस्त्र प्रहरी सहायक निरीक्षक मनिष जैसवालको नेतृत्वमा १९ जना सुरक्षाकर्मीहरु खटिएर मृतक तथा तथा घाइतेको उद्धार गरेका थिए।
त्यसैगरी नेपाल प्रहरी, सशस्त्र प्रहरी बलको विपद् व्यवस्थापन टोली तथा नेपाली सेनासमेतको संयुक्त टोली घटनास्थलमा खटिएर उद्धार कार्य जारी छ । उक्त गाडीमा सवार १६ जनामध्ये १० जनाको घटनास्थलमै मृत्यु भएको र अन्य ६ जना यात्रुहरु घाइते छन् ।
मृत्यु हुनेमा सर्लाहीको कबिलासी नगरपालिका–८ का अ. ३० वर्षीय गाडी चालक रविशंकरकुमार मण्डल र सर्लाहीकै चक्रघट्टा गाउँपालिका–४ सुन्दरपुरटोल निवासी सुवेक यादव रहेको प्रहरीले जनाएको छ । मृतकमध्ये दुई जनाको शव हेटौंडा अस्पताल ल्याइएको र बाँकी आठ जनाको पहिचान खुलेको छैन।
साथै घाइते पाँच जनाको उपचारका लागी हेटौंडा अस्पताल ल्याईएको छ । घाइतेमध्य १ जनाको अवस्था गम्भीर छ । साथै एक बालकलाई थप उपचारका लागि हेटौंडा अस्पताल ल्याइँदै गरिएको बताइएको छ।
दुर्घटनाको कारण खुल्न बाँकी रहेको र घटनास्थलमा उद्धार तथा आवश्यक व्यवस्थापनको कार्य जारी छ।












प्रतिक्रिया दिनुहोस