
बिबियु,नारी वाटिका डट्कम
धादिङ -६ भदौ ।
केही समयदेखी नै देशभरमा मनसुनी वायुको सकृय प्रभाव रहेको छ ।
यसको प्रभावले आज देशकाअधिकांश भूभागमा वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। साथै मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपासमा रहेकोले देशभर सामान्यदेखि पूर्ण बदली रहने सम्भावना छ।
यस्तै आज दिउँसो हिमाली तथा पहाडी क्षेत्रका केही स्थानमा चट्याङसहित मध्यम वर्षा हुन सक्ने बताइएको छ। कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा भने भारी वर्षाको सम्भावना रहेको पुर्वानुमान छ।
साथै आज राति कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी तथा हिमाली भुभागमा वर्षाको हुने छ भने कोशी र बागमतीका पहाडी तथा तराई भूभाग र गण्डकी प्रदेशको पहाडी क्षेत्रका एक–दुई स्थानमा भने भारी वर्षाको सम्भावना रहेको मौसम विभागले जनाएको छ।












प्रतिक्रिया दिनुहोस