आज: २०८३ भाद्र ७, आईतबार | Sun, 23, Aug, 2026

देशभर मनसुन सक्रिय, पाँच प्रदेशमा भारी वर्षाको सम्भावना

२०८३ भाद्र ७, आईतबार मा प्रकाशित ( ५ मिनेट अघि) १५६ पटक पढिएको
नारी बाटिका


बिबियु,नारी वाटिका डट्कम
धादिङ -७ भदौ ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार देशभर मनसुनी वायुको प्रभाव कायम छ । आज देशका विभिन्न प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना रहेको
जनाएको छ ।

महाशाखाका अनुसार आज देशभर सामान्यतया मौसम बदली रही पहाडी भूभागका धेरै जसो स्थानमा र हिमाली भूभागका केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।

यस्तै आज कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा भने भारी वर्षा हुनसक्ने महाशाखाको पूर्वानुमान छ।

साथै राति पनि देशका विभिन्न प्रदेशका पहाडी तथा तराई भूभागमा चट्याङ्गसहित मध्यम वर्षाको सम्भावना रहेको जनाएको छ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस