
बिबियु,नारी वाटिका डट्कम
धादिङ -८ भदौ ।
हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ भने आज देशका चार प्रदेशका केही स्थानमा भारी वर्षा हुने सम्भावना रहेको जल तथा मौसम पुर्वानुमान महाशाखाले जनाएको छ । आज दिउँसो कोसी, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशको पहाडी भूभागका एकदुई स्थानमा भारी वर्षा हुन सक्ने पुर्वानुमान रहेको छ ।
आज राति पनि कोसी, वाग्मती र गण्डकी प्रदेशको पहाडी भूभागका एकदुई स्थानमा भारी वर्षा हुने सम्भावना छ । महाशाखाका अनुसार दिउँसो देशभर साधारणतया बादल लाग्ने र हिमाली भूभागका केही स्थानमा मेघगर्जन÷चट्याङसहित मध्यम वर्षाको साथमा हिमपात हुने जनाएको छ।
यस्तै पहाडी भूभागका धेरै जसो स्थानमा मध्यमसम्म वर्षा तथा वाग्मती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भूभागका केही स्थान, मधेसका थोरै स्थानमा मध्यमसम्म वर्षाको सम्भावना ।हेको छ।
कोसीलगायत तराई भूभागका एक दुइ स्थानमा मेघगर्जन÷चट्याङसहित मध्यम वर्षा हुने तथा हिमाली भूभागका थोरै स्थानमा मध्यमसम्मको वर्षा÷हिमपातको सम्भावना छ।
यसका साथै कोसी, वाग्मती, गण्डकी प्रदेश लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागका थोरै स्थानमा मेघगर्जन÷चट्याङ र मध्य वर्षाको सम्भावना रहेको छ ।
कोसी, वाग्मती र गण्डकी प्रदेशका तराई भूभाग, मधेस, लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराई क्षेत्रका एक दुइ स्थानमा मेघगर्जन÷चट्याङसहित मध्यमसम्म वर्षा हुने पुर्वानुमान छ ।












प्रतिक्रिया दिनुहोस