
बिबियु,नारी वाटीका डट्कम गोरखाा
धादिङ -१७ भदौ ।
रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीका कारण मृत्यु हुनेको संख्या एक हजार ९३ पगेको छ ।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणद्वारा मंगलबार दिउँसो सार्वजनिक गरेको विवरण अनुसार उक्त बाढीमा परी हालसम्म एक हजार तीन जनाको शव फेला परेको भनिएपनि तर अहिले साँझसम्म ९० जना थप भइ १०५६ जना पुगेको हो ।
प्राधिकरणका अनुसार विभिन्न जिल्लाबाट प्राप्त विवरणका आधारमा चितवनमा ३२१, पूर्वी नवलपरासीमा २१६,पश्चिम नवलपरासीमा १७०, नुवाकोटमा ९५, गोरखामा ६५, धादिङमा ५७, रसुवामा ४१ र तनहुँमा ३८ जनाको शव फेला परेको थियो । शवसैगै विभिन्न मानव अङ्गसमेत फेला परेका छन् ।
यससंगै घटनामा २७९ जना घाइते भएका र घाइतेमध्ये १६८ जना विभिन्न अस्पतालबाट उपचारपछि डिस्चार्ज भए भने उद्धार गरिएका दुई हजार ७४० जनालाई नेपाली सेनामार्फत स्वास्थ्य उपचार गरिएको प्राधिकरणले बताइएको छ ।
बाढीमा परी हालसम्म तीन हजार ९१६ जना सम्पर्कविहीन छन् । बेपत्ता हुनेहरुमा नेपाल प्रहरीका २५,नेपाली सेनाका ४५, सशस्त्र प्रहरी बलका १३, भन्सार कार्यालयका १५, अध्यागमनका तीन, क्वारेन्टाइन कार्यालयका तीन तथा लाङटाङ राष्ट्रिय निकुञ्जका तीन कर्मचारी समेत छन् । 
यस बाहेक आज सार्वजनिक विवरणमा रसुवाबाट करिब ८६५, नुवाकोटबाट एक हजार ५५८ र विभिन्न जलविद्युत आयोजनाबाट ६३९ जना सम्पर्क विहीन छन् । बेपत्ता हुनेमा ५८३ विदेशी नागरिक छन् भने पर्यटकसँगै गएका १६४ नेपाली नागरिक रहेका छन् ।
क्षतिग्रस्त क्षेत्रमा खोज तथा उद्धारका लागि २१ हजार ३१४ सुरक्षाकर्मी परिचालन गरिएको छ । तीमध्ये नेपाली सेनाका नौ हजार १९९, नेपाल प्रहरीका सात हजार ९१२ र सशस्त्र प्रहरी बलका चार हजार २०३ जना रहेको जनाएको छ ।
यस्तै प्रभावितहरु हाल नुवाकोटमा दुई हजार ४६६, रसुवामा ३९८, धादिङमा २६० र काठमाडौंमा ३२९ जना होल्डिङ सेन्टरमा राखिएको छ। सरकारले प्रभावित जिल्ला रसुवा र नुवाकोटलाई एक–एक करोड तथा धादिङलाई ५० लाख उपलब्ध गराइएको छ भने प्रभावित १५ स्थानीय तहका लागि कुल ६ करोड ७५ लाख रुपैयाँ विनियोजन गरेको छ ।
त्यसैगरी सरकारी तथा विभिन्न निजी,तथा गैर सरकारी क्षेत्रबाट खाद्यान्न ,लताकपडा लगायतका राहत सामग्रीहरु पनि प्रभावित क्षेत्रमा पुर्याइएको छ । साथै प्रभावित क्षेत्रमा सञ्चारका लागी नेपाल टेलिकमका क्षतिग्रस्त ११० वटै टावर सञ्चालनमा ल्याइएको नेपाल टेलिकमले जनाएको छ । यता एनसेल कम्पनीले पनि क्षतिग्रस्त ७८ वटा टावरमध्ये ७५ वटा टावर सुचारु गरिएको जानकारी दिएको छ ।
साथै बाढीमा परी मृत्यु भएका र पहिचान खुल्न बाँकी शवहरुलाई विभिन्न जिल्लाका २१ वटा अस्पतालमा राखिएको प्राधिकरणले जनाएको छ ।












प्रतिक्रिया दिनुहोस