आज: २०८३ भाद्र २०, शनिबार | Sat, 05, Sep, 2026

आज परेवाभिरमा सडक मर्मतका लागि सवारी आवागमन बन्द

२०८३ भाद्र २०, शनिबार मा प्रकाशित ( ४ मिनेट अघि) ३२ पटक पढिएको
नारी बाटिका


बिबियु,नारी वाटिका डटकम
धादिङ- २० भदौ ।

धादिङको पृथ्वी राजमार्ग गजुरी गाउँपालिका–२ स्थित परेवाभिर सडकखण्डमा आज सडक मर्मत गर्न लागिएकोले शनिबार १२ घण्टा सवारी आवागमन पूर्ण रूपमा बन्द गरिने भएको छ ।

धादिङ जिल्ला प्रशासन कार्यालयद्वारा शुक्रबार बेलुकी ७ बजे एक सूचना जारी गर्दै आज भदौ २० गते शनिबार बिहान ६ बजेदेखि बेलुकी साँझ ६ बजेसम्म उक्त सडकखण्डमा एम्बुलेन्स र शववाहन बाहेक अन्य सबै सवारीसाधन सञ्चालनमा रोक लगाएको जानकारी गराएको हो ।

भदौ १० गते भोटेकोशी हुंदै त्रिशुली नदीमा आएको बिनाशकारी बाढीका कारण परेवाभिरस्थित पृथ्वी राजमार्ग अन्तर्रगतको सडक क्षेत्रमा निकै क्षति पुर्याएपछि हाल उक्त सडकखण्डबाट एकतर्फी रूपमा मात्रै सवारीसाधन सञ्चालन हुँदै आएपनि सडकको अवस्था भने क्षतिग्रस्त भएको छ ।

सोही भिषण बाढीले धादिङको बेनिघाट रोराङ गाउँपालिका ७ कृष्ण भिरमा नदी किनारदेखी सडक भासिएर पूर्ण रूपमा दुबै तर्फको आवागमनमा अवरुद्ध भएको छ भने बेनिघाट १० जवाङखोला र थाक्रे २ को कमेरेभिरमा एकतर्फी सडक सञ्चालन छ ।

एकतर्फि रुपमा मात्रै भएपनि सवारी सञ्चालन हुँदै आएको गजुरी –२ परेवाभिरमा क्षति भएको र सडक मर्मत सुधारको कार्य गर्नु पर्ने भएकोले आज(शनिबार) पूर्ण रूपमा बन्द गरि सडक मर्मत गरिने भएको जिल्ला प्रशासन कार्यालय धादिङले जनाएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस