आज: २०८३ कार्तिक ५, बुधबार | Wed, 21, Oct, 2026

आज विजयादशमी रातो टिका र जमरा लगाएर बडादशैं मनाईदै

२०८३ कार्तिक ५, बुधबार मा प्रकाशित ( ५९ मिनेट अघि) ६३ पटक पढिएको
नारी बाटिका


बिबियु,नारी वाटिका डट्कम
धादिङ -४ कार्तिक ।

आज नेपालीहरूको महान् पर्व बडादशैं अन्तर्गत मुख्य दिन विजयादशमी मनाइँदैछ।

नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अनुसार आज बिहान १० बजेर २६ मिनेटमा टीकाको उत्तम साइत रहेको जानकारी दिइएको छ।

परम्परा अनुसार आज नवदुर्गाको प्रसादस्वरूप मान्यजनको हातबाट रातो टीका, समृद्धिको प्रतीक जमरा र आशीर्वाद ग्रहण गरिन्छ।

धर्म विधि विधानले देवी शक्तिका रुपमा रातो टीकालाई शक्ति, विजय, सौभाग्य र मङ्गलको प्रतीक मानिन्छ भने जमरालाई उर्वरता र समृद्धिको संकेत मानिन्छ। टिकाको शुभ साइत खोज्नेहरूका लागि १०ः २६ बजे उत्तम भए पनि विजयादशमीको दिन आज दिनभरि नै टीका लगाउन सकिने समितिले जनाएको छ।

आजको दिन टीका लगाउन छुटाउने वा टाढा हुनेहरूले कोजाग्रत पूर्णिमासम्म मान्यजनको हातबाट दुर्गा भवानीको प्रसाद ग्रहण गर्न सक्नेछन्।

घटस्थापनाका दिन विधिपुर्वक जमरा राखिएको स्थानमा आज नवदुर्गा देवीको पुजा आरधना गरी दहीमा मुछिएको रातो अक्षता र जमरा माता दुर्गा भवानीलाई चढाएर मान्यजनको हातबाट शुभ साईतमा टिका ग्रहण गरिन्छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस


↑