आज: २०८३ कार्तिक १६, आईतबार | Sun, 01, Nov, 2026

अर्नब चक्रवातको प्रभाव आजदेखी कमजोर हुँदै,मौसममा क्रमिक सुधार हुंदै

२०८३ कार्तिक १६, आईतबार मा प्रकाशित ( ११ सेकेण्ड अघि) ० पाठक संख्या
नारी बाटिका


बिबियु,नारी वाटिका डट्कम
धादिङ -१५ कात्तिक ।

आजदेखी अर्नब चक्रवातको प्रभाव क्रमिक रुपमा सुधार हुदैछ भने पश्चिमी नेपाल नजिकै सक्रिय अवस्थामा रहेको न्यून चापीय प्रणालीको प्रभाव समेत कमजोर बन्दै गएको जल तथा मौसम पुर्वानुमान महाशाखाले जनाएको छ।

यद्यपि माथिल्लो वायुमण्डलमा रहेको पश्चिमी न्यून चापीय प्रणालीको सामान्य प्रभाव भने बाँकी रहेपनि देशको मौसममा क्रमिक सुधार आउँदै,

अहिले विहानीमा लुम्बिनी प्रदेश तथा देशका हिमाली भूभागमा साधारणतया बदली भई बादल रहेको छ साथै बाँकी भूभागमा आंशिक बदली तथा बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका केही स्थानहरूमा हल्का वर्षा भइरहेको छ।

आज दिउँसो देशभर आंशिक रूपमा मौसम बदली रहने र हिमाली तथा पहाडी भूभागका एक(दुई स्थानमा हल्का वर्षा र हिमपात हुने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ।

त्यस्तै,आज राति देशका अधिकांश भूभागमा आंशिक बदली रहनेछ भने गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली तथा पहाडी भुभागका केही स्थानमा हल्का वर्षा र हिमपात हुने सम्भावना छ ।

साथै तराई भुभागमा, उपत्यका तथा नदीका खोँचहरूमा बिहानको समयमा हुस्सु लाग्ने महाशाखाले जनाएको छ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस


↑