आज: २०८३ कार्तिक २३, आईतबार | Sun, 08, Nov, 2026

आजको मौसम : तीन प्रदेशमा वर्षा र हिमपात हुन सक्ने सम्भावना

२०८३ कार्तिक २३, आईतबार मा प्रकाशित ( ३७ मिनेट अघि) ९४ पटक पढिएको
नारी बाटिका


बिबियु,नारी वाटिका डट्कम
धादिङ -२२ कात्तिक ।

जल तथा मौसम पुर्वानुमान शाखाका अनुसार पश्चिमी वायुको आंशिक प्रभाव रहेको र आज देशका हिमाली तथा पहाडी क्षेत्रमा आंशिक बदली हुने जनाएको छ।

महाशाखाका अनुसार गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली तथा पहाडी भूभागमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको हो।

यसैगरी कोशी र बागमती प्रदेशका हिमाली क्षेत्रका एक–दुई स्थानमा पनि वर्षा र हिमपात हुन सक्ने सम्भमवना छ। तर तराईका अधिकांश क्षेत्रमा भने मौसम मुख्यतया सफा रहने छ।

महाशाखाका अनुसार भोली(सोमबार) पनि हिमाली तथा पहाडी क्षेत्रमा मौसमी बदली भइ हल्का वर्षा र हिमपात हुन सक्ने सम्भावना रहेको जनाएको छ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस


↑