आज: २०८३ मंसिर २, मंगलबार | Tue, 17, Nov, 2026

आजदेखि परीक्षण नगरिएको मासु बेच्न नपाईने

२०८३ मंसिर २, मंगलबार मा प्रकाशित ( १५ मिनेट अघि) २४९ पटक पढिएको
नारी बाटिका


बिबियु,नारी वाटिका डट्कम
धादिङ- १ मंसिर ।

देशभरका स्थानीय तहहरुले आजदेखि चिकित्सकको परिक्षण बिना मासु बेच्न नपाईने नियम लागु गरेका छन् ।पशु वधशाला तथा मासु जाँच ऐन जारी भएको २८ वर्षपछि ‘ मासु जाँच ऐन, २०५५’ लाई आजदेखी कार्यन्वयनमा ल्याउने प्रयास गरिएको हो।

पशु वधशाला तथा मासु जाँच ऐन २०५५ अनुसार पहिलो चरणमा उपत्यका जिल्लाहरुमा काठमाडौँ, भक्तपुर र ललितपुरका २१ स्थानीय तहमा यो ऐन कार्यान्वयनमा आएको छ।

सरकारले गत भदौ १ गते नै राजपत्रमा सूचना प्रकाशित गरी उपभोक्ताको स्वास्थ्य सुरक्षा र स्वच्छ मासुको उपलब्धता सुनिश्चित गर्न देशभरका तीन चरणमा ऐन लागु गर्ने सुचना जारी गरेको थियो।

आजभन्दा २८ वर्ष अगाडी निर्माण गरिएको पशु वधशाला तथा मासु जाँच ऐन २०५५ हालसम्म कार्यान्वयनमा आउन सकेको थिएन ।  तर पछिल्लो समयमा बजारमा रोगी,निरोगी पशुका मासु बिक्री हुने गरेको र यसबाट मानिसको स्वास्थ्यमा नराम्रो असर पार्दै आएको थियो । पुर्व सुचना अनुसार आज देखि पहिलो चरणमा उपत्यकाका २१ स्थानीय तहमा ऐन लागु भएको छ ।

यस ऐन कार्यान्वयनमा आएसँगै मासु व्यवशायीहरुले जथाभाबी पशु वध गर्न र मासु बेच्न नपाइने भएको छ । अब उप्रान्त तोकिएको वधशालामा पशु वध गर्नु पर्ने र वध गर्नुअघि र वध गरिसकेपछि पनि पशु चिकित्सक र प्राविधिकबाट अनिवार्य स्वास्थ्य परीक्षण गराउनु पर्ने व्यवस्था ल्याइएको छ।

परीक्षणबाट खान योग्य छ भन्ने प्रमाणित भएपछी पनि ‘स्वस्थ मासु’ को छाप लगाइएको मासु मात्र बजारमा बिक्री–वितरण गर्न पाइने कानुनी व्यवस्था गरिएको हो ।

आजैबाट पहिलो पटक कार्यान्वयनमा आएको नियम अनुसार पशु सेवा विभागद्वारा आज काठमाडौँको भ्याली कोल्डस्टोर र भक्तपुरको वधशालाबाट मासुमा ‘स्वस्थ’ छाप लगाउने कार्यको औपचारिक शुभारम्भ गरिँदैछ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस


↑