आज:  | Tue, 30, Apr, 2024

काृरोना अपडेट , थप २४१ जनालाई कोरोना संक्रमण,आज २२८ संक्रमित निको

१५ पुष २०७८, बिहीबार १८:५४ मा प्रकाशित ( २ साल अघि) ३६९ पाठक संख्या
नारी बाटिका


काृरोना अपडेट ,
थप २४१ जनालाई कोरोना संक्रमण,आज २२८ संक्रमित निको
धादिङ,१५ पुस।
पछिल्लो २४ घण्टामा देशभर ८ हजार ८९७ को कोरोना परिक्षणमा २४१ संक्रमित थपिदा २२८ संक्रमित डिस्चार्ज भएका छन्।

देशभरका प्रयोगशालाबाट ६ हजार ८१४ जनाको पीसीआर गर्दा २३५ र २ हजार ८३ जनाको एन्टिजेन परिक्षणमा ६ गरी २४१ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ।

तेसैगरी बुधबार मात्रै २२० संक्रमित थपिएका थिए। यो सँगै देशभर संक्रमित हुनेको संख्या ९ लाख २४ हजार ४३८ पुगेको छ भने हालसम्म नेपालमा संक्रमित भई निको हुनेको सङ्ख्या ८ लाख ११ हजार ७४६ पुगेको छ।

यो सँगै हालसम्म सक्रिय संक्रमितको संख्या ४ हजार ८७१ रहेको छ भने सङ्क्रमण मुक्त हुनेको दर ९८ प्रतिशत रहेको छ।

यस्तै नेपालमा पछिल्लो २४ घण्टामा सङ्क्रमणका कारण कसैको मृत्यु नभएको मन्त्रालयले जनाएको छ।हालसम्म सङ्क्रमणका कारण एघार हजार ५९० को मृत्यु भएको मन्त्रालयको तथ्याङ्मा मा उल्लेख गरिएको छ। पछमेकी देश भारतमा ओमीक्रोन भाईरस फैलिरएको अवस्था छ भने विश्व स्वास्थ्य संगठनले उच्च सतर्कता अपनाउनको लागी जानकारी गराई रहेको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस