आज:  | Thu, 01, May, 2025

पत्रकारको निःशुल्क उपचारको व्यवस्था सरकारले मिलाउने

१६ चैत्र २०७८, बुधबार १८:२१ मा प्रकाशित ( ३ साल अघि) ३२२७ पटक पढिएको
नारी बाटिका


काठमाण्डौं –पत्रकारको निःशुल्क उपचारको व्यवस्था गरिने स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री विरोध खतिवडाले बताउनुभएको छ ।
नेपाल पत्रकार महासङ्घको ६७ औँ स्थापना दिवसको अवसरमा आज आयोजित कार्यक्रममा उहाँले महासङ्घको सदस्य रहेका पत्रकारलाई ‘उपचार सुविधा परिचयपत्र’ का आधारमा देशभित्रका सबै सरकारी स्वास्थ्य संस्थामा निःशुल्क उपचारको व्यवस्था मिलाइने बताउनुभयो ।
सरकारले आर्थिक वर्ष २०७८–७९ को बजेट प्रस्तुत गर्दा श्रमजीवी पत्रकारका लागि ७ लाखसम्मको दुर्घटना बीमा गरी प्रिमियमको ५० प्रतिशत रकम नेपाल सरकारले व्यहोर्ने व्यवस्था मिलाइने उहाँको भनाइ छ ।
मन्त्री खतिवडाले मातहतका कर्मचारीलाई पत्रकारको स्वास्थ्य उपचारको विषय कार्यान्वयनमा ल्याउनका लागि आवश्यक प्रक्रिया अघि बढाउन निर्देशन दिइसकेको उल्लेख गर्नुभयो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस