
नारी बाटिका
काठमाण्डौ ५ वैशाख मंगलवार ।
वैशाख ७ गते लाग्ने सूर्यग्रहणले नेपालबाट नदेखिने भएको हुदा यसको दोष र वाधा नेपाललाई नलाग्ने नेपाल पञ्चाङ्ग समितीले जनाएको छ । वैशाख ७ गते कृष्ण औँसीका दिन लाग्ने यो सूर्यग्रहणले नेपाललाई कुनै वाधा नपार्ने, यसको दोष पनि लाग्दैन , र नेपालबाट नदेखिने कुरा नेपाल पञ्चाङ्ग समितीले जानकारी गराएको हो ।
नेपालबाट नदेखिने भएकाले यसको दोष नेपालीलाई नलाग्ने र बार्नु पनि नपर्ने समितिका अध्यक्ष प्रा श्रीकृष्ण अधिकारीले जानकारी दिनु भएको हो । यस वर्ष वैशाख ७, असोज २७ र चैत २६ गते लाग्ने सूर्यग्रहण नेपालबाट नदेखिने भएकाले तीन वटै सूर्यग्रहणहरु नेपालीले बार्नु नपर्ने उहाँले बताउनु भयो । तीन वटै सूर्यग्रहणको दोष नेपालीलाई लाग्दैन भन्नु भएको छ ।
तर कात्तिक ११ गते लाग्ने चन्द्रग्रहण भने नेपालबाट देखिन्छ । यसमा भने दोष लाग्ने भएकाले बार्नुपर्छ । वैशाख ७ गते लाग्ने सूर्यग्रहण चीन, मङ्गोलिया लगायत देशबाट देखिने समितिका कार्यकारी निर्देशक सूर्यप्रसाद ढुङ्गेलले बताउनु भएको छ ।








प्रतिक्रिया दिनुहोस