आज: २०८३ आश्विन ११, आईतबार | Sun, 27, Sep, 2026

चार दिनको म्याद थप गरि बालकृष्ण खाँणमाथि थप अनुसन्धान गरिदै

२०८० बैशाख ३१, आईतबार मा प्रकाशित ( ३ साल अघि) १५४१६ पटक पढिएको
नारी बाटिका


काठमाडौं ३१ वैशाख आइतवार ।

नेपालीलाई भुटानी शरणार्थी बनाउन नक्क्ली कागजात तयार पारी अमेरिका पठाउने प्रकरणमा मुछिएका पूर्व गृहमन्त्री बालकृष्ण खाँण माथी अनुसन्धान गर्ने क्रम जारी रहेको र उनीमाथी थप अनुसन्धान गर्नुपर्ने भन्दै आज चार दिनको म्याद थप गरिएको छ ।

विगत देखी नै मुलुकमा जिम्मेवार वावरवाला व्यक्तिहरुबाट यस्ता घटना घटिरहेका छन् जस्लाई नेपाल प्रहरीले कारवाहीको दायरामा ल्याउन कठिन पर्ने गर्दथ्यो जो पहँच र पैसाको भरमा अपराध गरेपनि सहजै छुटकारा पाईरहेका हुन्थ्ये तर पछिल्लो समय नेपाल प्रहरीले राज्यको विभिन्न जिम्मेवार तहमा बसेर देश र जनतामाथी धोका दिइ भ्रष्टचार गर्ने अपराधिक व्यक्तिहरुलाई धमाधम कारवाही गर्न सुरु गरिरहेको छ ।

त्यस्तै नक्कली भुटानी शरणार्थी प्रकरणमा आरोप लागेका पूर्व गृहमन्त्री बालकृष्ण खाँणलाई केही दिन अगाडी प्रहरीले पक्राउ गरेको थियो । उनिमाथी थप अनुसन्धान गर्नुपर्ने भन्दै जिल्ला अदालत, काठमाडौंवाट आज चार दिनको म्याद थप गरिएको हो । यसअघि लिएको तीन दिनको म्याद आजै सकिएको थियो ।

नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाइ अमेरिका पठाउने अपराधिक गिरोह लाई प्रोत्साहन गरेको आरोपमा कारवाहीमा परेका पुर्व गृहमन्त्रीको हैसियतमा खाँणले पनि गिरोह संग मिली भुमिका खेलेको प्रारम्मिक अनुसन्धानमा देखा परे पछि उनलाई गत बिहिवार पक्राउ गरिएको थियो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस


↑