
काठमाडौं, ११ श्रावन ।
शिक्षक सेवा आयोगले निम्न माध्यमिक तहको अध्यापन अनुमति पत्र (लाइसेन्स)को लागी विज्ञापन खुलेको छ । विशेष गरी शिक्षा क्षेत्रमा अध्यापन अनुमति पत्र (लाइसेन्स)का लागि कक्षा १२ उत्तीर्ण गरी शिक्षा विषय पढेका नेपाली नागरिकले दरखास्त दिन सक्ने शिक्षक सेवा आयोगले जनाएको छ।
आयोगले गरेको यही १० साउनको निर्णय अनुसार सुचाना प्रकाशन गर्दै, इच्छुक व्यक्तिले बिहिबारदेखि आवेदन दिन सक्नेछन्। आयोगका अनुसार दरखास्त दिन अन्तिम मिती भदौ ११ गतेसम्म तोकिएको र दोब्बर दस्तुर तिरेर भदौ १८ गतेसम्म आवेदन दिन सकिने बताइएको छ । आवेदन अनलाइन माध्यमबाट दिन सकिने जनाएको छ।












प्रतिक्रिया दिनुहोस