
नारी बाटिका
काठमाडौं,२६ असोज ।
मानवअधिकार तथा शान्ति समाजका पुर्व अध्यक्ष कृष्ण पहाडी सहित १६ जना अधिकारीकर्मीहरु पक्राउ परेका छन् । सुक्रबार उनीहरुले सिंहदरबारमा प्रदर्शन गर्ने मानवअधिकार तथा शान्ति समाजका संस्थापक अध्यक्ष कृष्ण पहाडी सहितका अधिकारीकर्मीहरुलाई प्रहरीले आज पक्राउ गरेको हो ।
आज सरकारले बिगतमा हस्ताक्षर गरेका विस्तृत शान्ति सम्झौताको मर्म अनुरुप पीडितलाई न्याय र पीडकलाई सजाय सुनिश्चित गर्नुपर्ने माग राखेर शान्ति समाजले सिंहदरबारको दक्षिण गेटमा प्रदर्शन गरिरहेको थियो ।
सरकारलाई दबाव दिनको लागी गरिएको प्रदर्शनमा समाजका संस्थापक कृष्ण पहाडी सहितका मानवअधिकारकर्मी सहभागी भएका थिए । प्रदर्शनकारीहरुले निषेधित क्षेत्र तोडेको भन्दै प्रहरीले उनिहरुलाई पक्राउ गरेको हो । समाजले पहाडी सहित १६ जना अधिकारकर्मीहरु पक्राउ परेको जनाएको छ ।
पहाडीको न्तृत्वमा भएको प्रदर्शनमा संक्रमणकालीन न्याय प्रक्रिया सम्बन्धी संसदमा प्रस्तुत संशोधन विधेयक मानवअधिकारमैत्री बनाउनु पर्ने, फागुन १ गते बिदा दिने निर्णय खारेज हुनुपर्ने र कैद सजाय माफी गर्न सक्ने अधिकारको दुरुपयोग बन्द गर्नुपर्ने जायज माग राखेका छन् ।
मानवअधिकार तथा शान्ति समाजले कुशासन र दण्डहीनता विरुद्ध असोज २१ गते देखि १० बुँदामा केन्द्रित रही सञ्चालन गरिरहेको देशव्यापी अभियानका क्रममा यो प्रदर्शन आयोजना गरिएको जनाएको छ ।








प्रतिक्रिया दिनुहोस