
नारी बाटिका
भगवती उप्रेती
नारी वाटिका संवाददाता
धादिङ,१७ कात्तिक ।
धादिङको त्रिपुरासुन्दरी गाउँपालिकाको सल्यानटारमा आज देखि कृषि प्रदर्शनी तथा ब्यापार मेला हुंदेछ । मेलाको उद्घाटनका लागी नेकपा एमालेका अध्यक्ष एवं पुर्व प्रधानमन्त्रि केपी शर्मा वली आज धादिङ आउँदै हुनुहुन्छ ।
कात्तिक १७देखि २७ गतेसम्म त्रिपुरासुन्दरी गाउँपालिका सल्यानटारमा आयोजना हुन लागेको प्रथम कृषि प्रदर्शनी तथा ब्यापार मेलामा उत्तरी धादिङको कृर्षी उत्पादनलाई प्राथमिकता दिइने आयोजकले जनाएको छ ।
‘हामी सवैको कृषि तथा बहुउदेस्य सहकारी संस्था लि.को आयोजनामा पहिलो पटक सल्यानटारमा हुन लागेको कृषि प्रदर्शनी ब्यापार मेलामा धादिङ,नुवाकोट लगायतका जिल्लाहरुबाट दर्शकहरुले मेला भर्न आउने अनुमान आयोजकले गरेको छ ।
साथै यस मेलाको मुख्य आकर्षको रुपमा स्थानीय उत्पादनलाई प्रोत्साहन, कृषिमा अत्याधुनिक प्रविधि धान रोप्ने, बाली काट्ने, गोड्ने, बेलर मेशिन, थोपा सिचाई, हाइडूोपोनिक्स, मौरी पालन, जैबिक मल आदीको प्रदर्शनी गरिने भएको छ ।
यस्तै कृषि डिजिटाइजेसनको लागि जियो कृषि एपको बारेमा कृषकलाई जानकारी समेत गराईने छ ।
साथै मेलाकै अवसर पारेर स्थानिय धार्मिक स्थलहरुको अवलोकन गराईने र प्रथम सल्यानटार डान्स आईडल २०८० समेत छनोट गरिने मुल आयोजक सहकारी संस्थाका अध्यक्ष सुरेश श्रेष्ठले बताउनु भयो । ।
कार्यक्रमको उदघाटन अहिले १२ बजेलाई तय गरिएको छ ।







प्रतिक्रिया दिनुहोस