आज: २०८२ फागुन १९, मंगलबार | Tue, 03, Mar, 2026

आज फेरी जाजरकोटमा अर्को शक्तिशाली परकम्प गयो

२०८० कार्तिक २०, सोमबार मा प्रकाशित ( २ साल अघि) ६४११ पटक पढिएको
नारी बाटिका


काठमाडौं, २० कात्तिक ।

आज दिउँसो ४ बजेर ३१ मिनेटको समयमा फेरी जाजरकोटमा अर्को ५.८को शक्तिशाली  परकम्प गेएको छ । गएको शुक्रबार मध्यराति ६.४ रेक्टर स्केलको भूकम्पले ठुलो जनधनको क्षति पुर्याएको जाजरकोटमा आज सोमबार फेरि अर्को ठूलो भुकम्पको धक्का दिएको छ।

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार जाजरकोटको रामेडाँडा केन्द्रबिन्दु भएर ५.८ रेक्टर स्केलको परकम्प गएको हो। साथै केन्द्रका अनुसार सोमबार अपरान्ह ४ बजेर ३१ मिनेटको समयमा ५.८ र ४ बजेर ४० मिनेटमा ४.५ रेक्टर स्केलको गरि दुई पटक परकम्प गएको हो।

४ दिन अगाडीको भुकम्पले पारेको मानव क्षतिले पुरै गाउँ शोकमग्न भैरहेको बेला आजफेरी परकम्पको शक्तिशाली धक्काले स्थानीय त्रसित भएका छन् । ​शुक्रबारको भूकम्पमा परि १ सय ५७ जनाको मृत्यु भइसकेको छ भने २ सयको हाराहारीमा घाईते भएका छन् । त्यस्तै एक हजारभन्दा धेरै घर पूर्णरुपमा क्षति भएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
१%१%६%

प्रतिक्रिया दिनुहोस