
नारी बाटिका
पोखरा,२३ कात्तिक।
पोखरामा बैंकको एटिएम मेसिन फोड्दै गरिरहेको अबस्थामा एकजना युवा पक्राउ परेका छन् । उनले एटिएम मेसिन फोडेर रकम चोरी गर्न लागिरहेकै समयमा ति युवा पक्राउ परेका हुन् ।
बुधबार पोखरा ८ स्थित सभागृह चोकमा रहेको नबिल बैकको एटिएम मेशिनमा रहेको पैसा चोरी गर्ने उद्देश्यले फलामको रडले एटिएम मेसिनमा रहेको ढोकाको लक फोडेर भित्र पसी मेशिन समेत तोडफोड गर्दै गरेको अवस्थामा प्रहरीले पक्राउ गरेको थियो ।
पोखरा महानगरपालिका वडा नं. ९ नयाँ बजार स्थितमा बबि ठाकुर सैलुन पसल सञ्चालन गरी वस्ने वर्ष २० को बबि ठाकुरलाई पक्राउ गरेको पोखरा प्रहरीले जनाएको छ।
उक्त घटना स्थलमा वडा प्रहरी कार्यालय बैदामबाट खटिएको प्रहरी टोलीले भारत बिहार प्रदेश मोतीहारी जिल्ला फेनरा पञ्चायत ग्राम ढांका बजार घर भई हाल कास्की जिल्ला पोखरामा सैलुन पसल सञ्चालन गरी बस्दै आएका ठाकुरलाई प्रहरीले पक्राउ गरेको हो ।
उनको साथबाट प्रहरीले मेशिन फोर्न प्रयोग गरेको फलामको रड थान–१,पेचकस थान–१, कपाल काट्ने कैँची भाँचिएको अवस्थाको १ थान र ढुङ्गा १ थान समेत बरामद गरी निज ठाकुरलाई नियन्त्रणमा लिई चोरी उद्योग मुद्दामा अनुसन्धान भैरहेको कास्कीका प्रहरी प्रवक्ता डिएसपी श्रवण कुमार बिकले बताउनु भयो ।
यसैगरी यसअघि पनि पोखराका विभिन्न स्थानमा एटिएम मेसिनबाट पैसा चोरी गर्ने गिरोहलाई प्रहरीले पक्राउ गरेको छ ।







प्रतिक्रिया दिनुहोस