
पोखरा,६ मंसिर ।
वुधबार पोखराको होटलमा अचेत अबस्थामा भेटिएकी एक महिलाको मृत्यु भएको छ । पोखराको नागढुंगास्थित एक होटलमा मंगलबार अचेत अवस्थामा भेटिएकी महिलाको मृत्यु भएको जनाइएको छ ।
तनहुँ भिमाद घर भएकी ३८ वर्षीया सुकु विकको पोखरा नागढुंगामा संन्चालित युनिक होटलमा हिंजो साँझ करिब ७ बजे तिर अचेत अवस्थामा फेला परेकी हुन् ।
कास्की प्रहरीका अनुसार २ वर्षदेखि सोही ठाउँकै शिला रेस्टुरेन्टमा काम गर्दै आई रहेकी सुकु विकको युनिक होटलबाट अचेत अवस्थामा उद्धार गरिएको थियो ।
निज विकलाई पोखरास्थित चरक मेमोरियल अस्पतालमा उपचारका लागि लगिएको थियो । साथै उपचारकै क्रममा हिंजै साँझ करिब साढे आधाघण्टा पछी उनको मृत्यु भएको हो । उक्त घटनाको अनुसन्धानका लागि प्रहरीले ६ जनालाई नियन्त्रणमा लिएको जनाएको छ ।












प्रतिक्रिया दिनुहोस