आज: २०८२ फागुन २६, मंगलबार | Tue, 10, Mar, 2026

कृष्णपक्ष चतुदर्शी, अर्थात बाला चतुदर्शी, हिन्दु धर्मवालम्बीहरुले सतबीज छरेर मनाईंदै ।

२०८० मंसिर २५, सोमबार मा प्रकाशित ( २ साल अघि) ११८११ पटक पढिएको
नारी बाटिका


काठमाडौ २५ मंसिर ।

आज मार्ग कृष्णपक्ष चतुदर्शी, अर्थात बाला चतुदर्शी हा । हिन्दु धर्मवालम्बीहरुले आफ्ना पृर्तीहरुको नाममा सतबीज छरेर मनाईंदैछ । मार्ग कृष्ण पक्षको त्रयोदशीको राति शिवालयमा परिवारका मृतक सदस्यको सद्गतिको कामना गर्दै दीपदान र चतुर्दशीका दिन बिहान काठमाडौं जिल्लामा पर्ने पशुपती धाम जान पाएक पर्नेहरुले सोही मृगस्थली मा सतबीज छर्ने गर्दछन् भने टाढा अथवा पशुपती जान संम्भव नभएका भक्तजनहरुले भने आ आफ्ना क्षेत्रका शिवालय मन्दिरमा गई सतबीज छरी बाला चतुर्दशी पर्व मनाउने गरिन्छ ।

बाला चतुदर्शीका दिन यसरी राति शिवालयमा दीपदान गर्नाले मृतकले सद्गति प्राप्त गर्ने धार्मिक विश्वास रहि आएको छ । गएराति देखि नै काठमाडौको पशुपतिनाथ मन्दिर लगायत देशभरका शिवालयमा भक्तजनको भीड लागेको छ ।

साथै बाला चतुर्दशीका दिन बिहानै मृगस्थली क्षेत्रमा धानका सय बीउ छरेमा जन्मने र मर्ने प्रपञ्चबाट मुक्त भइने कुरा हेमाद्रिले लेखेको चतुरवर्ग चिन्तामणिमा व्याख्या गरिएको छ ।

यसैगरी सतबीज छर्दा वभिन्न जातका अन्नहरु,फलफुल लगायतका सय थरी बीउ मिसाएर छर्ने भन्ने परम्परा नभइ धानकै सय बीउ छर्ने शास्त्रीय मान्यता रहेको नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष डा.रामचन्द्र गौतमले बताउनु भयो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
१%

प्रतिक्रिया दिनुहोस