
नारी बाटिका
काठमाडौंं २० पुस।
आज राष्ट्रिय सभा निर्वाचनका लागि मतदाता नामावली प्रकाशन हुन तयारी भएकोेछ । निर्वाचन आयोगका अनुसार मुख्य निर्वाचन अधिकृतको कार्यालयमा मतदाता नामावली प्रकाशन हुनेछ । यस राष्ट्रिय सभाका निर्बाचनका लागी प्रदेशका सांसद र पालिकाका प्रमुख तथा उपप्रमुख मतदाता हुन्छन् ।
प्रकाशित मतदाता नामावलीउपर दाबी विरोधलगायत कार्य आजैदेखि सुरु हुनेछ । पुस २२ गते अन्तिम मतदाता नामावली प्रकाशन गरिने निर्वाचन आयोगले जनाएको छ ।
पर्सी पुस २३ गते बिहान १० देखि दिउँसो ३ बजेसम्म उमेदवारको मनोनयन दर्ता गरिनेछ भने पुस २७ गते उमेदवारको अन्तिम नामावली प्रकाशन गरिनेछ । यसैगरी पुस २८ गते बिहान १० देखि दिउँसो १ बजेसम्म उमेदवारलाई निर्वाचन चिह्न प्रदान गरिने निर्वाचन कार्यसुची रहेको छ ।
यस्तै माघ ११ गते बिहान ९ देखि दिउँसो ३ बजेसम्म मतदान हुनेछ । मतदान सकिएपछि त्यसै दिनमै मतगणना गरिने आयोगका सहायक प्रवक्ता सूर्यप्रसाद आर्यालले जानकारी दिएका छन् ।
साथै आगमी माघ ११ गते राष्ट्रियसभामा रिक्त रहेको १९ पदका लागि निर्वाचन हुँदै छ । आगामी फागुन २० गते एमालेका ९, कांग्रेसका ४, माओवादीका ३, एकीकृत समाजवादीका २, जसपाका १ र स्वतन्त्र सांसद १ जना गरी २० सांसदको पदावधि सकिँदै छ ।
यस्तै कोशी प्रदेशबाट २, मधेस प्रदेशबाट २, बागमती प्रदेशबाट ४, गण्डकी प्रदेशबाट ३, लुम्बिनी प्रदेशबाट २, कर्णाली र सुदूरपश्चिम प्रदेशबाट ३–३ सदस्यका लागि निर्वाचन हुने भएकोछ । २०७२ मा संविधान जारी भएपछि निर्वाचित भएका राष्ट्रिय सभा सांसदहरूको पदावधि गोला प्रथाबाट तय गरिएको थियो ।








प्रतिक्रिया दिनुहोस