
नारी बाटिका
धादिङ २७ पुस ।
आज आजदेखी नेपाल खेलकुद महासंघ धादिङको आयोजनामा माध्यामिक विद्यालय स्तरीय छात्र भलिबल प्रतियोगिता हुँदैछ । सुक्रबार अर्थात पुष २७ देखि माघ १ गतेसम्म धादिङबेसीमा माध्यामिक विद्यालय स्तरीय छात्र भलिबल प्रतियोगिता गर्न लागिएको आयोजक महासंघ धादिङले जानकारी दिएको छ ।
आयोजकले जनाए अनुसार प्रतियोगिता नकआउट प्रणाली सञ्चालन गर्ने पनि महासंघका केन्द्रिय सदस्य तथा धादिङ इन्चार्ज सगुन थापा मगरले बताउनु भयो । यस प्रतियोगिता छात्र तर्फ मात्रै हुने पनि थापाले जानकारी दिएका छन् ।
साथै प्रतियोगिताको लागि खेलाडीहरुको टिम दर्ता भैरहेको छ । प्रतियोगितामा प्रथम हुने टिमलाई रु,५० हजार, द्वितियलाई रु,३० हजार, तृतियलाई रु,१५ हजार र सान्त्वनालाई रु,५ हजार रुपैयाँ प्रदान गरिने आयोजकले जनाएको छ । यस नेपाल खेलकुद महासंघ, धादिङ नेकपा नेकपा एमाले निकट खेलकुद संगठन हो ।








प्रतिक्रिया दिनुहोस