आज: २०८३ श्रावण ७, बिहिबार | Thu, 23, Jul, 2026

शिक्षा सेवा आयोगले ८३८ निमावि शिक्षकको लागि दरखास्त आह्वान

२०८० फागुन २, बुधबार मा प्रकाशित ( २ साल अघि) ६६०७ पटक पढिएको
नारी बाटिका


काठमाडौं ०२ माघ ।

नेपाल सरकार शिक्षा सेवा आयोगले ८३८ निमावि शिक्षकको लागि दरखास्त आह्वान गरेको छ । शिक्षक सेवा आयोगले निमावि तहको ८३८ शिक्षक पदमा समावेशी प्रतियोगिताका लागि विज्ञापन निकालेको हो ।

विषयत रुपमा आयोगले शिक्षक पूर्तिका लागि विज्ञापन माग गरेको छ। जसमा नेपाली शिक्षक १७७ कोटा माग गरिएको छ।

यस्तै अंग्रेजी शिक्षकका लागि १७६ माग हुँदा सातै प्रदेशका लागि १२८ गणित शिक्षक, विज्ञानका लागि १६३ शिक्षक सामाजिकका लागि १२२ जना शिक्षक आवश्यकता रहेको आयोगले जनाएको छ।

त्यसै गरी आयोगले गणित र विज्ञानका लागि ६५ जनाको दरखास्त माग गरेको छ। यजुर्वेद पढाउन एक शिक्षक माग गर्दा संस्कृत भाषाका लागि ५ जना शिक्षक माग गरिएको छ।

यसैगरी कम्प्युटर विज्ञानका लागि एक जना गरी जम्मा ८३८ शिक्षक दरवन्दीमा मागिएको छ।

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
२%१%

प्रतिक्रिया दिनुहोस