आज: २०८२ चैत्र १०, मंगलबार | Tue, 24, Mar, 2026

आज काठमाडौं उपत्यकामा चट्याङ सहित वर्षा

२०८० फागुन २०, आईतबार मा प्रकाशित ( २ साल अघि) ११६७४ पटक पढिएको
नारी बाटिका


काठमाडौं २० फागुन ।

हिउँदे वर्षा नै नभई यस वर्षको समय सकिएको बेला आईतबार काठमाडौंमा चट्याङ सहित वर्षा भएको छ । आज उपत्यकामा चट्यासहित हल्का वर्षा भइरहेको छ। हाल नेपालमा पश्चिमी वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले रहेको जनाएको छ।

काठमाडौं उपत्यकामा हिजो बेलुकादेखि हल्का वर्षा भई रहेको थियो। महाशाखाका अनुसार हाल देशभर साधारण तया बदली रही कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशको केही स्थानहरू र सुदूरपश्चिम प्रदेशको थोरै स्थानहरूमा हल्का वर्षा भइरहेको जनाएको छ।

दिउँसो देशभर साधारण तया बदली रहेको छ। सुदूरपश्चिम, कर्णाली, लुम्बिनी, गण्डकी, बागमती प्रदेश सहित कोशी प्रदेशका पहाडी भू(भागका केही स्थानहरूमा मेघगर्जन र हल्का देखि मध्यम बर्षा र बाँकी भू(भागको थोरै स्थानहरूमा छिटफुटदेखि हल्का वर्षा भईरहेको छ।

आज राती देशभर आंशिकदेखि साधारण तया बदली रहने छ। कोशी, मधेश, सुदूरपश्चिम र कर्णाली प्रदेशका थोरै स्थानहरूमा हल्का देखि मध्यम वर्षाको साथै बाँकी भू(भागका एकरदुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ। देशका उच्च पहाडी तथा हिमाली भू(भागका केही स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको छ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार हिउँद सकिएर प्रिमनसुनको अवधि यही शुक्रबारदेखि सुरु भएको जनाएको छ । तर,यो वर्ष प्रिमनसुन सक्रिय हुन भने केही दिन लाग्ने जल तथा मौसम विज्ञान विभागले जनाएको छ।

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
१%

प्रतिक्रिया दिनुहोस