
नारी बाटिका
काठमाडौं १२ चैत ।
ललितपुरको ढोलाहिटीमा भएको झडपमा छुरा प्रहार हुंदा दुईजनाको मृत्यु भएको छ । प्रहरीका अनुसार आइतबार राति ढोलाहिटीमा दुई समूहबीच झगडा भएको र उक्त झगडा चर्किएपछी झडपका क्रममा छुरी प्रहार हुंदा दुईजनाको मृत्यु भएको हो।
मृत्यु हुनेमा धरान घर भई ढोलाहिटी बस्दै आएका रोवस राई र पाँचथर घर भई खुमलटार बस्ने पूजन राईको मृत्यु भएको जिल्ला प्रहरी परिसर ललितपुरका सूचना अधिकारी एसपी नरेश सुवेदीले जानकारी दिनु भयो ।
आइतबार राति १० बजेपछि यस घटना भएको हो। सुचना अधिकारी एव्ं एसपी सुवेदीका अनुसार उक्त घटनापछी राति ११ बजेतिर एकजनालाई सुमेरु अस्पताल र एकजनालाई पाटन अस्पताल लगिएपछि प्रहरीले घटनाबारे जानकारी पाएको बताउनु भयो । अस्पताल पुर्याउने बित्तिकै चिकित्सकले दुवै जनालाई मृत घोषणा गरेका थिए।
प्रहरीले घटनास्थलबाट एकथान छुरी र एउटा छुरीको बिँड बरामद गरेको छ। घटनामा संलग्न भएको आशंकामा प्रहरीले केही व्यक्तिलाई नियन्त्रणमा लिएको छ। ‘रातिको घटना भएकाले धेरै कुरा खुल्न बाँकी छ’, एसपी सुवेदीले भन्नु भयो, । ‘घटनामा संलग्न भएको आशंकामा एक दर्जन भन्दा बढी व्यक्तिहरुलाई नियन्त्रणमा लिएका छौँ।’
दुई समुहबिच फागुपर्व मनाउने क्रममा विवाद भएको प्रहरीको अनुमान रहेको छ।








प्रतिक्रिया दिनुहोस