
फाईल तस्वीर
काठमाडौं २२ चैत ।
कलाकार राजेशपायल राई सहित ६ जना पक्राउ परी भर्खरै छुटेका छन् । गएराति अ.२ बजे काठमाडौंको देविनगरबाट गायक राजेशपायल राईसहित अन्य व्यक्तिहरु पक्राउ परेका हुन्।
उनीहरुलाई मदनभण्डारी कलेज नजिकैबाट राति प्रहरीले पक्राउ गरेको हो। मदिरा पिएर होहल्ला र झैझगडा गरेपछि स्थानीयले टेलिफोन गरी प्रहरीलाई जानकारी गराएका थिए।
गायक राई सहितका व्यक्तिहरुलाई प्रहरीले होहल्ला तथा झगडा नगर्न आग्रह गरेका थिए । तर उनीहरुले उल्टै प्रहरीलाई सरुवा गर्ने धम्की दिएपछि गायक राई सहित ६ जनालाई पक्राउ गरिएको प्रहरी वृत्त बानेश्वरले जनाएको छ।
अहिले उनीहरुलाई बानेश्वरको हिरासतमा राखेर थप अनुसन्धान भइरहेको थियो भने उनी भर्खरै छुटेको प्रहरीले जनाएको छ।












प्रतिक्रिया दिनुहोस