
नारी बाटिका
काठमाडौं २३ चैत।
आगमी वैशाखमा हुन गैरहेको इलाम २ को उपनिर्बाचनमा ७९ मतदान स्थल र १४९ मतदान केन्द्रको व्यवस्था गरिएको छ । निर्वाचन आयोगले इलाम–२ मा हुने प्रतिनिधिसभा र बझाङ–१ को प्रदेशसभा उपनिर्वाचनका लागि मतदान स्थल तथा मतदान केन्द्र तोकेको हो ।
निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले इलाम–२ मा ७९ मतदान स्थल र १४९ मतदान केन्द्र रहने गरी निर्धारण गरिएको जानकारी दिनु भयो। आयोगको बिहीबार बसेको बैठकले मतदान स्थल र मतदान केन्द्र निर्धारण गरिएको जनाएको छ ।
यसैगरी बझाङ–१ मा हुन गैरहेको प्रदेशसभा निर्वाचन क्षेत्रमा ७४ मतदान स्थल र ९३ मतदान केन्द्र तोकिएको जनाएको छ । आयोगका अनुसार देशभर १० हजार ८९२ मतदान स्थल तोकेको हो ।








प्रतिक्रिया दिनुहोस