
नारी बाटिका
काठमाडौं २८ चैत ।
शिक्षा,विज्ञान तथा प्रविधि शिक्षा मन्त्रालयले विदेशी सम्बन्धन पाएका कलेजमा भर्ना नगर्न अनुरोध गरेको छ । नयाँ शैक्षिक सत्र सुरु हुने समय नजिकीदै गर्दा मन्त्रालयले अनुमति नलिई सञ्चालनमा रहेका विदेशी शिक्षण संस्थाको सम्बन्धनका कलेजमा विद्यार्थी भर्ना नगर्न आग्रह गरेको हो।
मन्त्रालयले सूचना जारी गरी ‘ए लेभल’,‘इन्टरनेशनल ब्याकालरेट्स’, ‘सिएसइबी’ र सोसरहका कार्यक्रम सञ्चालन गर्न अनुमति लिएका ४९ संस्थाको सूची सार्वजनिक गर्दै ती बाहेकका संस्थामा विद्यार्थी भर्ना नगर्न देशभरका अभिभावकहरुलाई जानकारी गराएको छ।
इन्टरनेशन एजुकेसन प्रोभाइडर्स अफ नेपाल (आइप्यान)ले भने नेपालमा ८९ संस्था सञ्चालनमा रहेका जनाएको छ। अनुमति नलिई सञ्चालन हुने संस्थालाई कारबाही गर्ने मन्त्रालयले चेतावनी दिएको छ।
रासस








प्रतिक्रिया दिनुहोस