आज: २०८२ फागुन २६, मंगलबार | Tue, 10, Mar, 2026

वीरेन्द्र तालमा हिम पहिरो खस्दा बाढीले सामागाउँ जोड्ने एउटा पुल बगायो

२०८१ बैशाख ९, आईतबार मा प्रकाशित ( १ साल अघि) १२१९१ पटक पढिएको
नारी बाटिका


धादिङ – ९ वैशाख ।

गोरखाको वीरेन्द्र तालमा हिम पहिरो खस्दा बाढीले सामागाउँ जोड्ने एउटा पुल बगाएको छ । वीरेन्द्र तालमा हिम पहिरो खस्दा जोखिम बढेकोले सतर्क रहन धादिङ प्रशासनले आग्रह गरेको छ ।

गोरखा जिल्ला चुमनुब्री गाउँपालिकाको मनास्लु क्षेत्रमा रहेको वीरेन्द्र तालमा हिम पहिरो खसेपछी बुढीगण्डगीमा बाढी आएसंगै जोखिम समेत बढेको हो।

गोरखाका प्रमुख जिल्ला अधिकारी भोला दाहालका अनुसार तालफुटेको नभइ मनास्लुबाट हिमपहिरो तालमा पस्दा पानी बाहिर आएको र तत्काल जोखिम नभएको उहाँको भाई छ।

‘तालमा हिम पहिरो झरेको हो। त्यहाँ आसपास मानव बस्ती नभएकाले खासै जोखिम देखिएको छैन। जोखिमको अवस्था बुझ्न प्रहरी टोलीताल क्षेत्रमा पुगिसकेको छ। तालले असर पर्ने मानव बस्तीलाई अर्लट गराइसकेका छौं,’प्रमुख जिल्ला अधिकारी दाहालको भनाई छ।

तालबाट आभेरफ्लो भएपछि आएको बाढीले साम्दु र सामागाउँ जोड्ने एउटा पुल भने बगाएको र अन्य क्षतिबारे प्रहरी टोली फर्किएपछि थाहा हुने प्रजिअ अदाहालले बताउनु भयो। बाढीले क्षति पुर्याउन सक्ने मानव वस्ती धार्चे, आरुघाट लगायत क्षेत्रमा सतर्क रहन प्रहरीले आग्रह गरिसकेको छ।

मौसम परिवर्तन भएसंगै जमेको हिउँ खसेर तालबाट पानी बाहिर निस्किएको स्थानीयवासीको भनाइ छ। तालबाट बग्ने पानीको बाहब बढेकोले बुढीगण्डकी तटीय क्षेत्रका बासिन्दालाई पनि सजक रहन जिल्ला प्रशासन कार्यलय धादिङले आग्रह गरिएको छ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
३%२%

प्रतिक्रिया दिनुहोस