आज: २०८२ आश्विन २, बिहिबार | Thu, 18, Sep, 2025

पूर्वराष्ट्रपति भण्डारी राष्ट्रिय गौरव पदकबाट सम्मानित हुंदै

२०८१ बैशाख ९, आईतबार मा प्रकाशित ( १ साल अघि) ३१३० पटक पढिएको
नारी बाटिका


काठमाडौं ९ वैशाख।

पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी राष्ट्रिय गौरव पदकबाट सम्मानित हुंनु हुने भएको छ । उहाँलाई नेकपा एमालेले पार्टीको हिरक जयन्ती महोत्सवमा राष्ट्रिय गौरव पदकबाट सम्मान गर्ने भएको हो।

एमालेको राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषदको ललितपुरको गोदावरीमा जारी बैठकमा वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले भण्डारीलाई सम्मान गर्ने प्रस्ताव प्रस्तुत गरेका थिए । यो प्रस्तावलाई प्रतिनिधिहरुले सहमति जनाएका हुन् ।

लोकतान्त्रिक आन्दोलन तथा कम्युनिष्ट आन्दोलनमा पूर्वराष्ट्रपति भण्डारीले पुर्याएको योगदानको कदर गर्दै राष्ट्रिय स्वाभिमानको रक्षाका लागि अडान लिएका व्यक्तिहरुलाई सम्मान गर्ने घोषित योजना अनुसार पूर्वराष्ट्रपति भण्डारीलाई सम्मान गर्न लागेको पोखरेलले बैठकमा बताएका थिए ।

आजको बैठकमा अध्यक्ष केपी शर्मा ओली अस्वस्थ भएपछि वरिष्ठ उपाध्यक्ष पोखरेलले बैठकको अध्यक्षता गरेका हुन् । पार्टी स्थापनाको ७५औं वर्षगाँठको अवसरमा एमालेले सोमवार गोदावरीमै विशेष कार्यक्रममा भण्डारीलाई सम्मान गर्ने भएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
२%

प्रतिक्रिया दिनुहोस