
नारी बाटिका
भोजपुर १७ वैशाख।
भोजपुरमा बोलेरो गाडी दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । आज बिहान आमचोक गाउँपालिकाको केन्द्र बालखाबाट मैयुँटार जाँदै गरेको १ ज २६१७ नम्बरको बोलेरो दूधकोसी नदी किनारमा दुर्घटना हुँदा एक जनाको घटनास्थलमै र्मत्यु भएको छ भने अर्का एकजनाको धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका क्रममा मृत्यु भएको हो ।
जिल्ला प्रहरी कार्यालय भोजपुरका अनुसार मृत्यु हुनेमा आमचोक गाउँपालिका–१० निवासी २७ वर्षीया रुना राईको घटनास्थलमा र ऐ.ऐ. निवासी शान्ति राईको उपचारका क्रममा अस्पतालमा मृत्यु भएको जनाईएको छ । दुर्घटना भएको उक्त बलेरो गाडीमा चौधजना यात्रु सवार रहेका थिए ।
साथै सो दुर्घटनामा गम्भीर घाइतेहरुलाई थप उपचारका लागि धरानस्थित अस्पताल पठाइएको प्रहरीले जनाएको छ ।








प्रतिक्रिया दिनुहोस