
बझाङ -१८ वैशाख ।
बझाङको प्रदेशसभा १ उपनिर्बाचनमा पनि एमाले कै अग्रता रहेको छ । उक्त क्षेत्रमा शनिबार सम्पन्न उपनिर्बाचनमा एमालेका उम्मेदवार दमनबहादुर भण्डारीले पुनः झिनो मतले अग्रता लिई रहेका छन्।
यस हिसावले बझाङको प्रदेशसभा १ मा एमाले र काँग्रेसको कडा प्रतिष्पर्दा रहेको देखिन्छ ।
भण्डारीले ९ हजार ८८९ मत प्राप्त गर्दा उनको प्रतिस्पर्धी नेपाली कांग्रेसका उम्मेदवार अभिशेकबहादुर सिंहले ९ हजार ८८० मत प्राप्त गरेका छन् पछिल्लो जानकारी अनुसार भण्डारीले ९ मतले अगाडी छन्।
यसैगरी माओवादीका उम्मेदवार जनकबहादुर बुढाले ३ हजार ६६३ मत प्राप्त गरेका छन्। नेकपा एकीकृत समाजवादीका उम्मेदवार दिलबहादुर सिंहले २ हजार ४०५ मत प्राप्त गरेका छन्।
बझाङमा अब दुई पालिका तल्कोट र साइपालको मात्र मत गणना हुन बाँकी छ।












प्रतिक्रिया दिनुहोस