
काठमाडौं २३ वैशाख ।
रोजगारीका लागि बेलायत पठाइदिने भन्दै ३४ लाख २३ हजार तीन सय ठगी गर्ने एकजनालाई प्रहरीले पक्राउ गरेको छ । वैदेशिक रोजगारीमा ठगी गरेको आरोपमा प्रहरीले पक्राउ गरी उनलाई आज सार्वजनिक गरेको हो।
जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एवं प्रहरी उपरीक्षक नवराज अधिकारी अनुसार पक्राउ पर्नेमा योगेश राई रहेका छन् । उनले रोहित श्रेष्ठ र जिवेन्द्र श्रेष्ठलाई वैदेशिक रोजगारीका लागि बेलायत पठाइदिन्छु भनी पिडितहरुसंग ३४ लाख २३ हजार तीन सय ठगी गरेको आरोपमा प्रहरी वृत्त महाराजगञ्जको टोलीले पक्राउ गरेको थियो ।












प्रतिक्रिया दिनुहोस