आज: २०८३ श्रावण ३१, आईतबार | Sun, 16, Aug, 2026

आम जनता पार्टीको धर्नामा प्रहरी हस्तक्षेप, दर्जनौं कार्यकर्ता गिरफ्तार

२०८१ बैशाख २३, आईतबार मा प्रकाशित ( २ साल अघि) १०३७८ पटक पढिएको
नारी बाटिका


काठमाडौँ ।

आज आम सम्पर्क मञ्चद्वारा भन्सार बिभागमा जारी शान्तिपुर्ण धर्नामा प्रहरीले हस्तक्षेप गरेको छ । भन्सारको लूटकारी ब्यवस्था विरुद्धमा गरेको शन्तिपूर्ण धर्नामा सो पार्टी विरुद्ध प्रहरीले दमन गरेको र दर्जनौ कार्यकर्ताहरु गिरफ़्तार गरेको आम जनता पार्टीले जनाएको छ ।

भन्सार नियन्त्रणको नाममा आम जनता पार्टीका अध्यक्ष प्रभु शाहले तराई क्षेत्रको जनताको निजी सम्पति लुट्ने काम तुरुन्त बन्द गर्न तथा भन्सार कानुनमा रहेका सम्पूर्ण विभेदकारी एवं लूटकारी प्रावधान हटाउन गरिएको शान्तिपुर्ण आन्दोलनमा प्रहरी हस्तक्षेप भएको बताएका हुन् ।

साथै उक्त पार्टीले गरेको शन्तिपूर्ण आल्दोलनका मागहरुलाई सम्बोधन गर्नुको सट्टा सरकारद्वारा गरिएको व्यापक दमन एवं धड़पकड़को भर्त्सना समेत गरेका छन् ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
१%

प्रतिक्रिया दिनुहोस