
नारी बाटिका
काठमाडौं २ जेठ ।
पाँच प्रदेशमा हावाहुरी सहित वर्षाको सम्भावना छ । तर कोशी प्रदेशमा भने आज बिहानैदेखि वर्षा भैइरहेको छ । हाल नेपालमा स्थानीय वायु, पश्चिमी वायु साथै भारतको बिहार आसपास बनेको न्यून चापीय प्रणालीको समेत प्रभाव पर्दै आएको छ ।
आज देशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको छ । वुधबार दिउँसो पहाडी भूभागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भूभागमा आंशिक बदली रहने छ।
यसैगरी कोशी प्रदेशको केही स्थान तथा बागमती, गण्डकी लुम्बिनी र कर्णाली प्रदेशको पहाडी भूभागका एकदुई स्थानमा मेघगर्जन, चट्याङ्ग र हावाहुरी सहित हल्का वर्षाको सम्भावना रहेको छ। कोशी, गण्डकी र कर्णाली प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागका एकदुई स्थानहरूमा हल्का हिमपातको समेत सम्भावना रहेको छ।
जल तथा मौसम विभागका अनुसार आज राती कोशी, गण्डकी र कर्णाली प्रदेशको पहाडी भूभागमा आंशिक बदली रहि बाँकी भूभागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहने छ। कोशी, गण्डकी र कर्णाली प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागका एकदुई स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको जनाएको छ ।








प्रतिक्रिया दिनुहोस