आज: २०८२ फागुन ५, मंगलबार | Tue, 17, Feb, 2026

तुइन खोला नजिक पहिरोले पुरिएर मेसिन चालकको मृत्यु

२०८१ जेष्ठ १३, आईतबार मा प्रकाशित ( १ साल अघि) ८७३६ पटक पढिएको
नारी बाटिका


चितवन १३ जेठ ।

आज नारायणगढ–मुग्लिन सडकखण्डको तुइन खोला नजिक पहिरो खसी पुर्दा मेसिन अपरेटरको मृत्यु भएको छ।

उक्त स्थानमा नाला खन्ने क्रममा पुल निर्माण कम्पनी एएनके कै मेसिन माथि पहिरो खसेर अपरेटरको मृत्यु भएको सडक डिभिजन भरतपुरले जानकारी दिएको छ। मेसिनमाथि पहिरो खस्दाडोजर चालकको मृत्यु मा समेत क्षति पुग्न गएको छ।

नाला बनाउने काम गर्दैको अवस्थामा पहिरो खसेर मेसिनमै च्यापिएका अपरेटरलाई बाहिर निकालेर सडक दुई तर्फी सञ्चालनमा ल्याइएको डिभिजन कार्यालयले जानकारी दिएको छ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
१%५%

प्रतिक्रिया दिनुहोस