आज: २०८३ अषाढ ९, मंगलबार | Tue, 23, Jun, 2026

मुखमा कालो टेप टाँसेर रास्वपा महामन्त्री ढकाल पार्टीको बैठकमा

२०८१ अषाढ १९, बुधबार मा प्रकाशित ( १ साल अघि) ८८९३ पटक पढिएको
नारी बाटिका


काठमाडौं १९असार ।

रास्वपाका महामन्त्री ढकाल मुखमा कालो टेप टाँसेर पार्टीको बैठकमा सहभागी भएका छन् । पार्टीको जन्म भएको केही समयदेखी नै पार्टीभित्र देखिएको किचलो र पछिल्लो राजनितिक घटनाक्रमलाई लिएर राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय समिति बैठक बसिरहेको छ । केन्द्रीय कार्यालय वनस्थलीमा जारी बैठक लाइभ नगर्ने निर्णयप्रति महामन्त्री ढकालले असन्तुष्टि व्यत्त गरेका छन् ।

पार्टीले नागरिकका सामु छर्लर्ङग हुनेगरी काम गर्नु पर्छ भन्ने मान्यताका साथ जन्मिएको नयाँ पार्टीको बैठकमा लाइभ नगर्ने निर्णय विरुद्ध आफू मुखमा कालो टेप टाँसेर विरोध स्वरुप बैठकमा विहान ९ बजे सहभागी भएको महामन्त्री मुकुल ढकालले जनाएका छन् ।

ढकालले पार्टीमा पेश गरेका प्रतिवेदन र बदलिँदो राजनीतिक परिस्थितबारे छलफल भइरहेको नेताहरुले जानकारी दिएका छन्। महामन्त्री ढकालले ३८ जिल्ला पुगेर तयार पारेको समीक्षा प्रतिवेदन गत साता सभापति रवि लामिछानेलाई बुझाएका थिए।

जिल्ला जिल्लामा पुगेर नागरिकसंग पनि भेटघाट गरी ढकालले बुझाएको ३२ पृष्ठको प्रतिवेदनमा पार्टीको जनाधार खस्कँदै गएको र यस्तै अवस्था रहे आउँदो निर्वाचनमा राष्ट्रिय पार्टी बन्न कठिन हुने उल्लेख गरिएको छ। प्रतिवेदनका बारेमा सावर्जनिक अभिव्यक्ति दिएको भन्दै रास्वपाले ढकाललाई स्पष्टीकरण समेत मागी सकेको छ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
१%

प्रतिक्रिया दिनुहोस