
नारी बाटिका
चितवन २३ असार ।
पछिल्लो समयमा देशैभरी लगातार वर्षा भैइरहेकोछ । अविरल वर्षा भएसंगै नारायणी नदीमा बाढी आई नदी सतह भन्दा पानी बड्दै गएपछी नदी आसपासका बस्तिलाई सुरक्षित स्थानमा सारिएको छ । यस्तै जोखिममा रहेका १ सय ७१ जनालाई सुरक्षित स्थानमा सारिएको हो ।
नारायणी नदी किनार आसपासका भरतपुर महानगरपालिका वडा नम्बर १६, ३, १७ लगायतका नदी किनारका बाढी जोखिम क्षेत्रमा बसोबास गर्नेहरुलाई सुरक्षित स्थानमा सारिएको हो ।
भरतपुर–१६ गुम्बाचोकबाट पुरुष २६ र महिला ३३ गरी जम्मा ५९ जनालाई सुरक्षित स्थानमा सारिएको चितवनका प्रमुख जिल्ला अधिकारी इन्द्रदेवले बताउनु भएको छ । भरतपुर–३ मा रहेको सडक बालबालिका पुनर्स्थापना केन्द्र हाम्रो घर नामक संस्थामा रहेका २४ जना बालबालिका र दुई जना महिला कामदार गरी जम्मा २६ जनालाई नजिकै रहेको एग्रोभेटको भवनमा सारिएको बताउनु भयो ।
प्रजिअ यादवका अनुसार भरतपुर–१७ गोब्रेनीस्थितमा १७ घरधुरीका ५४ जना मानिसहरुलाई आफन्तहरुको घरमा सुरक्षित स्थानमा सारिएको छ । भरतपुर–३ बालकुमारी नर्सिङ कलेजको भवनमा बस्ने ४ जनालाई ९३ पुरुष, १ महिला)लाई आफन्तको घरमा सारिएको प्रमुख जिल्ला अधिकारी यादवले जानकारी दिनु भयो ।
त्यसैगरि भरतपुर–१ देवघाटस्थित नारायणी नदीको किनारमा रहेको वृद्धाश्रम, कुटी र स्थानीय बासिन्दा गरी जम्मा २८ जना (२५ पुरुष, ३ महिला)लाई नजिकैको मारवाडी समाजको भवनमा सारिएको बताउनु भयो ।
त्यसैगरी वर्षा कै कारण नारायणीको बाढीले भरतपुर–३ को न्यूरोड र नगरवन जोड्ने झोलुंगे पुल बगाएको छ । शनिवार राति साढे ११ बजेको समयमा बाढीले झोलुंगे पुलको दुवै तर्फको पिल्लर भत्काइ पूर्ण रुपमा क्षति भएको प्रजिअ यादवले जानकारी दिन भयो।
अहिले पनि चितवनमा बिहानैदेखि पानी परिरहेको छ । नारायणी नदीमा बाढीको सतह अझै पनिबढ्न सक्ने भएकोले नारायणी पुल जलमापन केन्द्रमा बाढीको सतह ११.७४ मिटर र देवघाटमा बाढीको सतह ८.८५ मिटर रहेकोले सतर्कता अपनाउन अनुरोध गरिएको छ ।








प्रतिक्रिया दिनुहोस