
काठमाडौं २८ असार।
अविरल वर्षाले पोखरामा आएको पहिरोले घर पुरिँदा ७ जनाको मृत्यु भएको छ। गएराति पोखरा महानगरपालिका( १९ पुरनचौरमा पहिरो आई घर पुरिदा ७ जनाको मृत्यु भएको छ भने अन्य २ जना समेत घाइते भएको प्रहरीले जनाएको छ।
विहानै देखी घटनास्थलमा सशस्त्र प्रहरी बल नेपाल नं २४ कालिका गण कास्कीबाट २५ जनाको सुरक्षा टोली, नेपाल प्रहरी र नेपाली सेनाको संयुक्त टोली खटिएर उद्धार कार्य जारी रहेको कास्की प्रहरीले जानकारी दिएको छ।
साथै पहिरोले के कति क्षति भयो भन्ने बारेमा थप विवरण आउन बाँकी रहेको छ ।












प्रतिक्रिया दिनुहोस