आज: २०८२ मंसिर २१, आईतबार | Sun, 07, Dec, 2025

२८ वर्षीया नर्स ममता काफ्ले दुई हप्तादेखि अमेरिकाबाट बेपत्ता

२०८१ भाद्र १, शनिबार मा प्रकाशित ( १ साल अघि) ९९७७ पटक पढिएको
नारी बाटिका


धादिङ- १ भदौ ।

नेपाली मूलकी २८ वर्षीया नर्स ममता काफ्ले दुई हप्तादेखि अमेरिकाबाट बेपत्ता भएकी छन्। उनी २७ जुलाइमा युभीए हेल्थ प्रिन्स विलियम मेडिकल सेन्टरमा देखिएको थियो । त्यसपछी उनी सम्पर्क विहीन भएकी हुन् । वेपत्ता भएपछी मनसास पार्क प्रहरी विभागले काफ्लेको खोजी कार्य तीव्र पारिएपनि अझैसम्म सम्पर्कमा आएकी छैनन् ।

ममताको खोजीको लागी भर्जनियाको मनसास पार्क प्रहरी विभागले सर्वसाधारणसँग समेत सहयोगका लागि अपिल गरिरहेको छ। भर्जिनिया राज्य पुलिसले ममता पत्ता लगाउन मद्दत गर्न सबै भर्जिनिया र अन्य अमेरिकी पुलिस एजेन्सीहरूलाई समेत जानकारी गर्राई सकिएको जनाएको छ।

त्यसैगरी अनुसन्धान अधिकृतहरुले छिमेकी, आफन्त, साथीभाइ र उनका श्रीमान् संगपनि पटकपटक सोधपुछ गरेर बुझेको प्रहरीले उल्लेख गरेको छ। ममता काफ्लेसँग उनका साथीहरुले अन्तिम पटक २८ जुलाईमा कुरा गरेका पाइएको प्रहरीले जनाएको छ। ममता काफ्लेका श्रीमान्‌ले भने ३१ जुलाई (नेपाली मिति १६ साउन) मा अन्तिमपटक देखेको बताउँदै आएका छन्।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
१%

प्रतिक्रिया दिनुहोस