
नारी बाटिका
कैलाली– १५ असोज ।
कैलालीमा दुई मोटरसाइकल दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ । गएराति पूर्वपश्चिम राजमार्ग अन्तर्गत गौरीगङ्गा नगरपालिका–१ गोप्कामा पश्चिमबाट पूर्वतर्फ गइरहेको से ६प ६२७९ र विपरीत दिशाबाट आएको बा.९५प ९२५२ नम्बरको मोटरसाइकल एकापसमा ठक्कर खाँदा दुईवटै मोटरसाइकल चालकको मृत्यु भएको प्रहरीले जनाएको छ ।
उक्त दुर्घटनामा परी मृत्यु हुनेमा जानकी गाउँपालिका–८ का २० वर्षीय निर्मल चौधरी र कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–७ का २६ वर्षीय चिरञ्जीवी मल्लको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक कबिन्द्रसिंह बोहोराले जानकारी दिनु भयो ।
मोटरसाइकल दुर्घटनामा गम्भीर घाइते भएका चौधरी र मल्ललाई उपचारका लागि सोही समयमा नै धनगढीको नवजीवन अस्पताल पुर्याएलगतै चिकित्सकले मृत घोषणा गरेको प्रहरीले जनाएको छ ।
यस्तै सोही दुर्घटनामा बा९५प ९२५२ नम्बरको मोटरसाइकलको पछाडि सवार शुक्लाफाँटा नगरपालिका–७ का २२ वर्षीया दीपक बोहोरा घाइते भएका छन् । अहिले बोहोराको सोही अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।








प्रतिक्रिया दिनुहोस