
नारी बाटिका

काठमाडौं १८ असोज ।
चीनले नेपालका बाढीपीडितलाई राजनीतिक दलहरुमार्फत राहत सामग्री उपलब्ध गराएको छ ।
आज काठमाडौंमा एक कार्यक्रमकाबीच चिनियाँ कम्युनिस्ट पार्टीका विदेश विभागले दलका प्रतिनिधिहरुलाई राहत सामग्री प्रदान गरेको हो। चीनको विदेश विभागले १ करोड ९० लाख बराबरको राहत सामग्री हस्तान्तरण गरेको काँग्रेस केन्द्रीय सदस्य मधु आचार्यले जानकारी दिनु भयो ।
काँग्रेसका मधु आचार्य, एमालेका गोपाल खनाल, नेकपा एकीकृतका रामकुमार भट्टराई र माओवादीका प्रतिनिधि लगायतका नेताले राहत ग्रहण गरेका हुन् । यसैगरी अन्य राजनितिक दलमार्फत पनि राहत उपलब्ध गराउने चिनियाँ प्रतिनिधिले जानकारी दिए ।
राहत सामग्रीमा घरायसी कामका किट्स, ठुला टेन्ट, स्वास्थ्य उपकरण, मिनरल वाटर, खाद्यान्न लगायत छन् । आज प्रदान गरिएको उक्त सामग्रीहरु काठमाडौं महानगरपालिकाा १२ का विपद् पीडितलाई वितरण गरिने नेता आचार्यले जानकारी दिए । उनका अनुसार दलहरुको सिफारिसमा अन्य क्षेत्रका लागि समेत चीनले सहयोग प्रदान गर्ने भएको छ ।
कार्यक्रममा नेपालमा भएको यो विपद्को अवस्थामा चीनको सद्भाव र सहयोगका लागि नेताहरूले धन्यवाद दिएका थिए ।
स्रोत : पत्रकार कृष्ण मल्ल








प्रतिक्रिया दिनुहोस