
नारी बाटिका
कञ्चनपुर २२ असोज ।
जंगली हात्तीको आक्रमणमा परी कञ्चनपुरमा एक युवाको मृत्यु भएको छ। मृत्यु हुनेमा बेलौरी नगरपालिका ६ का २२ वर्षीय युवक उमेश चौधरीको मृत्यु भएको प्रहरीले जनाएको छ। चौधरीको गएराति हात्तीको बथानको आक्रमणमा परेर मृत्यु भएको थियो ।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता उमेशराज जोशीका अनुसार हात्तीको आक्रमणमा परेर चौधरीको मृत्यु भएको हो । चौधरीसहित सोही गाँउकै साथीहरु रोशन चौधरी, नविन चौधरी मैनाहमा दशैको शुभकामना आदान प्रदान कार्यक्रममा गएका थिए । सोही कार्यक्रम सकी घर फर्किने क्रममा पुष्पलाल स्मृति सामुदायिक वनमा हात्तीको आवाज सुनेपछि उनीहरु भागेका थिए।
तर उमेश चौधरीले भने से ४ प ८६१८ नम्बरको मोटरसाइकल चलाएका थिए। ‘हिजो रातिदेखी हराएका उमेशको शव आज बिहान जंगलमा फेला परेको प्रहरी सुचना अधिकारी जोशीले बताए। घटनाको थप अनुसन्धान भैरहेको छ ।








प्रतिक्रिया दिनुहोस