
काठमाडौं २ कार्तिक
नेपाली राष्ट्रिय फुटसल टिमको मुख्य प्रशिक्षकमा विक्रम महर्जन नियुक्त भएका छन् । विहिबार एन्फा कम्प्लेक्स सातदोबाटोमा एन्फा महासचिव किरण राईले महर्जनलाई नियुक्ति पत्र हस्तान्तरण गरेका हुन् ।
त्यसैगरी टिमको सहायक प्रशिक्षकमा सुमितकुमार आले र टिम म्यानेजरमा राज महर्जनलाई नियुक्त गरिएको छ । एन्फाले बिहिबार नै सहायक प्रशिक्षक आले र टिम म्यानेजर महर्जनलाई पनि नियुक्तिपत्र हस्तान्तरण गरिएको जनाएको छ ।












प्रतिक्रिया दिनुहोस