आज: २०८२ आश्विन १, बुधबार | Wed, 17, Sep, 2025

गोवर्धन पूजा गाईगोरु पूजा,म्हपूजा तथा आजबाट नेपाल सम्वत ११४५प्रारम्भ

२०८१ कार्तिक १७, शनिबार मा प्रकाशित ( १0 महिना अघि) ४९२४ पटक पढिएको
नारी बाटिका


बिबियु
काठमाडौं १७ कार्तिक ।

आज गोवर्द्धन पूजा अर्थात् यम पञ्चकको चौथो दिन हो । तिहार सुरु भएसंगै काग, कुकुर गाई हुँदै आजको दिन कृषि कार्यमा संलग्न जीव गोरुको पूजा गर्ने गरिन्छ । नेपालको कृषि प्रधान देशमा आजको दिनले आफ्नो अणुवांशिक पहिचान गुमाएर साँढेबाट हल गोरुमा परिणत जीवले हाम्रो खेत बारीमा रातदिन जोतेर तथा तिनिहरुकै गोवरको मलबाट अर्गानिक कृषि जीवनमा राखेको विशेष महत्त्वका कारण पनि सम्झिने गरिन्छ ।

धार्मिक दृष्टीकोणले पनि भगवान् श्रीकृष्णले स्वर्गका राजा इन्द्रको क्रोधबाट गोकुलस्थित द्वारिकावासीमा आइपरेको अविरल वर्षाबाट निम्तिएको महाविपत्तिबाट प्राणी जगतलाई बचाउन आफ्नो कान्छी औँलाले गोवर्धन पर्वतलाई उठाएर त्यस मुनी द्वारिकावासीलाई ओत लगाएर बचाएको श्रीमद्भागवत गीतामा उल्लेख गरिएको छ ।

यस्तै भगवान् श्री कृष्णसँग आजकै दिन इन्द्रले आफ्नो क्रोधयुक्त व्यवहारप्रति खेद प्रकट गरेको र माफी मागेको पनि उल्लेख गरिएको पाईन्छ । आजको दिन, श्री कृष्णले आफ्नो औँलाले उठाउनु भएको त्यही गोवर्द्धन पर्वतको विधीपुर्वक पूजाआरधना गरिन्छ । यसरी गोवर्धन पर्वतको पूजाआजा गर्दा गाईवस्तुको गोबरलाई नै गोवर्धन पर्वतको प्रतिकका रूपमा पुज्ने चलन रहि आएको हो ।

गोवर्धन का साथ आज गोरुको पनि पूजा गरिन्छ र यसकासाथै आजको दिनमा कृषि कार्यमा प्रयोग हुने विभिन्न औजारहरुको पनि पुजा गरिँदैछ । श्रावणमा खेत जोतेर राखिएको हलो बिचबिचमा खेतबारी खोस्रन निकालिने गरिन्छ र हलोसँगै हलगोरु पनि जोतिइरहेका हुन्छन् । आजको दिन यी हलगोरु अनि हलोको पूजा गर्ने र आज उनीहरुलाई आरम गर्न दिने दिन हो । खेतवारीमा जोत्ने हलोको तलपट्टि जमिनलाई खोस्रिन धातुबाट बनेको चुच्चोलाई फाली भनिन्छ भने हलो र गोरुको काँधलाई जोड्ने काठलाई जुवा भनिन्छ ।

आजको दिनमा गाईगोरुहरुको पूजा गर्ने चलन छ । कृषिप्रधान नेपाली समाजमा हिउँदको सुरुवातसँगै वर्खायामभरि थन्काएर राखेका हलो, कुटो, कोदालो लगायतका औजारहरू किसानहरुले बाहिर निकालेर आजैका दिन पूजा गर्ने चलन छ । साथ साथै किसानहरुले विभिन्न सामानले बनेको हलो र जुवालाई आजको दिनमा धोई,पखाली सफा पारेर कृषि कार्यका यी सम्पूर्ण उपकरणहरू लगायत गोठ, पराल अथवा खानेकुरा दिइने नादी, कुटी काट्ने कचिया (गँणासी) इत्यादीको पूजा गर्ने गर्दछन् ।

प्राचीन कालमा गोरु गाडा लगायतका जनावरले तान्ने गाडाहरू नै एक ठाउँबाट अर्को ठाउँ पुग्ने यातायातको प्रमुख माध्यम अनि कृषि कार्यका प्रमुख आधारहरू थिए। गोरु अनि बहरका लागि आजको दिन पिठो, नुन, चोकर र पानी मिश्रित घोलका साथै चामलको पिठो र तिहुन हालेर बनेको गिलो रोटी अर्थात् बावर खान दिइन्छ । हिजोसम्म भैलेहरुको भाकाले भैली गाय भने आजबाट देउँसेहरुको भाका सुरु हुन्छ ।

वलिराजाले पठाएका भनेर मानिने टोल छिमेकका पुरुषहरूको यो साङ्गीतिक दस्ता जसलाई देउसी भनिन्छ अनि यिनीहरूले गाउने अनि प्रस्तुत गर्ने साङ्गीतिक कोसेली, जसलाई देउसी भनिन्छ । देउसी खेल्दा एक जनाले भट्ट्याउने र अन्य समुहले स्वर अनि छन्दमाभाका छोप्ने गर्दछन् । तर पछिल्लो समयमा केही देउसीका सर्वप्रिय भाकाहरू बाहेक विकृतीले छाएको धेरै अन्य पक्तिंहरु परिस्थितिपरक हुन लागेको पाईन्छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
१%

प्रतिक्रिया दिनुहोस