आज: २०८२ आश्विन ४, शनिबार | Sat, 20, Sep, 2025

स्थानीय तह उपनिर्वाचनका लागि एमालेद्वारा उम्मेदवार सार्वजनिक

२०८१ कार्तिक २२, बिहिबार मा प्रकाशित ( १0 महिना अघि) २७९५ पटक पढिएको
नारी बाटिका


काठमाडौं २२ कार्तिक ।

आगामी मंसिरमा हुने स्थानीय तह उपनिर्वाचनका लागि नेपाल कम्युनिष्ट पार्टी(एमाले)ले एक नगरप्रमुख र दुई वडाध्यक्षका उम्मेदवारको नाम सार्वजनिक गरेको छ।

सार्वजनिक गरिएका एमालेका कीर्तिपुर नगरप्रमुखमा डा सुरेन्द्र मानन्धर, वडा नं १ मा र वडा नं ४ मा बद्री बुढाथोकीलाई सर्वसम्मत सिफारिस गरेको थियो। आज भएको घोषणासभामा नगरप्रमुखका उम्मेदवार मानन्धरले कीर्तिपुरका जनताको चाहना अनुसार जनप्रतिनिधिले काम गर्नुपर्ने बताएका छन्।

सोही अवसरमा एमाले स्थायी समिति सदस्य राजन भट्टराई तथा बागमती प्रदेश प्रमुख आनन्द पोखरेलले जनताका माझ गएर उनीहरूका काम गर्न जनप्रतिनिधि दत्तचित्त भएर लाग्नु पर्ने बताएका छन् ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस