
काठमाडौं २५ कात्तिक।
अनधिकृत रुपमा संन्चालन भएको सहकारी बोर्डको संरचनामाथी ललितपुर महानगरपालिाले आज डोजर लगाएर भत्काएको छ । राष्ट्रिय सहकारी विकास बोर्डको अनधिकृत संरचनामा महानगरले डोजर चलाएर नष्ट गरेको हो ।
आज (आइतबार) बिहान डोजर र नगर प्रहरीहरु परिचालन गरी अनधिकृत संरचना भत्काएको थियो ।मापदण्ड विपरीत बनेको ललितपुरको हरिहर भवन स्थित विकास बोर्डको अनधिकृत संरचनामा नगरप्रमुख सीताराम हाछेथुको नेतृत्वमा गएको नगर प्रहरीले डोजर चलाएको हो ।












प्रतिक्रिया दिनुहोस