आज: २०८२ फागुन १, शुक्रबार | Fri, 13, Feb, 2026

रवीलाई अन्यायको चक्रब्यूहमा फसाइएको निष्कर्ष सहित आज हिरासत मै संवाद

२०८१ कार्तिक २७, मंगलबार मा प्रकाशित ( १ साल अघि) ७३८८ पटक पढिएको
नारी बाटिका


काठमाडौं २७ कात्तिक।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सभापति रवि लामिछानेलाई अन्यायको चक्रब्यूहमा फसाइएको निष्कर्षसहित प्रहरीको हिरासत मै भेटेर नेताहरुले संवाद गरेका छन् । सहकारी ठगी प्रकरणमा पक्राउ परेर प्रहरीको हिरासतमा रहेका रास्वपा सभापती लामिछानेलाई आज रुपन्देही अदालतमा लैजाने क्रममा भैरहवामा प्रदर्शनका लागी पुगेका रास्वपाका नेताहरुले भेटेर अनौपचारिक संवाद गरेका थिए ।

यसै क्रममा राज्यसत्ताको डरलाग्दो, निकृष्ट प्रतिशोध छ भनेर कसैलाई बुझाइराख्नु नपर्ने गरी छर्लङ्ग देखिएको,अनुसन्धानलाई मानमर्दन, धम्की र अपमानको घिनलाग्दो औजार बनाइएको सन्देशमा उल्लेख छ। देश अब त्रासको ताप र छहारीमुनि बाँच्न सक्नेहरूका लागि मात्र हो भन्ने आभास पनि रास्वपाले गरेको छ।

यद्यपि रास्वपा सभापति हतास नभएको बरु आफ्नो मनोबल उच्च राख्दै सबैको हौसला बढाइरहेका रास्वपाले सन्देशमार्फत भनेको छ। अन्यायको सन्देश प्रवाह गर्दै उनले अवसर गुम्ला भन्ने डर नराखी बोलिरहेको पनि रास्वपाले उल्लेख गरेको छ। सभावती लामिछाने र रास्वपाका शीर्ष नेताहरूबीच भएको अनौपचारिक संवादका आधारमा केन्द्रीय समितिले तयार पारेको सन्देशमा उक्त दाबी गरिएको हो।

देशको अवस्था बेहाल रहेको, जनता निराश हुँदै गएका तर कुशासन र भ्रष्टाचारमा लिप्त रहेको आरोप रास्वपाको छ। कुनै एजेन्डा र आँट नभएको दुई तिहाइको सरकार बरु दल फुटाउने र नेताहरू तर्साउने तिकडमतिर केन्द्रित रहेको रास्वपाले सोही सन्देशमार्फत उल्लेख गरेको छ।

सन्देशको पूर्णपाठ

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
१%१%

प्रतिक्रिया दिनुहोस